site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादी : केन्द्रीय कमिटी १७५ सदस्यीय बनाउन प्रस्ताव 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्तरिम विधान २०७८ लाई संशोधन गर्दै छ । आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ । 

एकीकृत समाजवादीले विधान संशोधनका लागि तल्ला कमिटीको सुझाव लिने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रस्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने निर्णय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

अहिले संशोधन हुन लागेको विधानका व्यवस्थाका विषयमा छलफल जारी छ । उक्त पार्टीमा विधान संशोधनका लागि गरिएको प्रस्तावमा कमिटीका आकार घटाइने उल्लेख छ । 

हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई १७५ बनाइने प्रस्ताव छ । जसमा ११९ पूर्ण र वैकल्पिक १६ जना केन्द्रीय सदस्य रहने छन् । कुल संख्याको एकतिहाइ महिला राख्ने प्रस्ताव छ ।

त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी र ११५ सदस्यीय पोलिटब्यूरो रहने व्यवस्थामा पनि परिवर्तन गरिने नेताहरूले बताएका छन् । जसमा पदाधिकारीसहित १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव गरिएको छ । सोही प्रस्ताव अब जिल्ला कमिटीसम्म पठाउन लागिएको हो ।

त्यस प्रस्तावमाथि सुुझाव संकलन हुने नेताहरूले जनाएका छन् । एकीकृत समाजवादीले ०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म पार्टीको महाधिवेन गर्दै छ । महाधिवेशनअघि विधान संशोधन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro