site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्विस परियोजना निर्धक्क भएर सञ्चालन गर्न कोसी सरकारको आग्रह
SkywellSkywell

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसीको सरकार स्थिर भइसकेकाले आफ्ना परियोजना निर्धक्क भएर कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारका प्रतिनिधिसमक्ष आग्रह गरेका छन् ।

स्विट्जरल्यान्ड दूतावासका डेपुटी हेड मथियस मायरसँगको भेटका क्रममा बुधबार मुख्यमन्त्री कार्कीले राजनीतिको अस्थिरताले काममा देखिको झन्झट अब नहुने बताएका हुन् । 

आफ्नो सरकारका प्राथमिकता सुनाउँदै मुख्यमन्त्री कार्कीले स्विट्जरल्यान्ड सरकारसँग मानवीय विकासका साथै पर्यटन र प्राविधिक शिक्षाका सवालमा सहकार्य गर्न चाहेको उल्लेख गरे ।

KFC Island Ad
NIC Asia

“हामीले जलवायु परिवर्तनको सवाललाई पनि ध्यानमा राख्दै हात्ती कोरिडोरको अवधारणा ल्याएका छौँ,” उनले भने, “जंगलमै फलफूल रोप्ने, उत्पादन बढाउने, हात्ती कुनै देशको नागरिक नहुने भएकाले हात्तीलाई नै पर्यटक भित्राउने माध्यम बनाउन सकिन्छ । स्विस सरकारले प्राविधिक शिक्षामा पनि उच्च शिक्षालाई जोड दियोस् ।”

मुख्यमन्त्री कार्कीले उत्पादित वस्तुको बजारीकरणका लागि पहल आवश्यक रहेको उल्लेख गर्दै कोसी प्रदेशले नवीन ढंगले अन्य प्रदेशको समेत नेतृत्व गरेर लाने कुराको विश्वास दिलाए ।

Royal Enfield Island Ad

“यो सरकार संविधानको भरपुर प्रयोग गरेर बनेको सरकार हो । हामी चाहिरहेका छौँ कि हाम्रो सदन स्विजरल्यान्डको मोडलमा होस्,” उनले भने, “त्यसका लागि त्यहाँका बारेमा हाम्रा माननीयहरूलाई बुझाउन पनि जरुरी छ ।”

धेरै कुराहरू संघबाट अधिकार प्रत्यायोजन नभइसकेको हुनाले त्यसको संघर्षमा मुख्यमन्त्री नै लागिसकेकाले अधिकार प्रत्यायोजनपछि सहकार्यमा थप सहज हुने कार्कीले बताएका छन् ।

“संघीय ऐन नआउँदा प्रहरी समायोजन, २५ मेगावाट विद्युत् उत्पादन लगायतका क्षेत्र मात्रै संघले हस्तान्तरण गरे हामी सहकार्यका साथ काम गरी विकासलाई एकजुट ढंगले लान सकिन्छ,” उनले भने । 

छलफलका क्रममा डेपुटी हेड मथियस मायरले नेपालमा स्विट्जरल्यान्डको स्वार्थ नरहेको उल्लेख गर्दै आफूहरूले राजनीति स्थिरताका साथै विकासको परिणाम चाहेको उल्लेख गरे ।

“हामी चाहान्छौँ कि हामी पारदर्शी छौँ, संघीयताको असल कार्यान्वयनका साथै यहाँको राजनीति स्थिरता भई हाम्रा परियोजनाबाट परिणाम चाहान्छौँ,” उनले भने, “कार्यक्रमहरू संघीयकरण हुनुपर्‍यो, योजनाबद्ध हुनुपर्‍यो, जबाफदेहिता प्रदेशमै हुनुपर्‍यो ।”

मायरले स्विस सरकारबाट कोसीमा पदमार्गका साथै र आर्थिक विकासका क्षेत्रमा परियोजना आउने उल्लेख गर्दै कोसीको राजनीतिक स्वायत्तता उदाहरणीय रहेको बताएका छन् । 

बुधबार नै प्रदेशसभामा बोल्दै मुख्यमन्त्री कार्कीले आफू सबै दल, पूर्वमुख्यमन्त्री तथा सांसदहरूको अनुभव तथा सुझावको आधारमा विकासमा अघि बढ्न तयार रहेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro