site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई वामदेवको प्रश्न– सबै बिजुली विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र बन्छ ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत् नेपालमै खपत गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले भएको विद्युत् अरू देशलाई बेचेर नेपालमा हरित अर्थतन्त्र निर्माण गर्न नसकिने बताए ।

उनले हरित अर्थतन्त्र विद्युत्‌ले मात्रै उत्पादन गर्न सक्ने बताए । हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत् उत्पादन गरी बिक्री गर्नुपर्ने उनको छ । उनले विद्युत् बिक्री गरिएका सम्झौतहरू खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

"दिगो विकास लक्ष्य र हरित अर्थतन्त्र भनेको छ । अहिलेको भाषणमा प्रधानमन्त्रीदेखि अन्य नेताहरूले गर्ने र नसुहाउने भाषण हो । नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ । अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ?," उनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

उनले अगाडि थपे, "प्रधानमन्त्रीले अहिले जसरी अनेकपटक भन्नुभएको छ, विद्युत् विकास गरेर देशको विकास गर्ने । विद्युत् अर्कालाई दिने अनि हरित अर्थतन्त्र निर्माण गर्न सकिन्छ ?"

Global Ime bank

गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत् बनाउनुपर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement