site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्ज बेकेनबाउर : आधुनिक जर्मन फुटबलका निर्माता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निःसन्देह फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो । प्रत्येक चार वर्षमा एकपटक आयोजना हुने यसको विश्वकप खेल्नु हरेक व्यावसायिक फुटबलरको चाहना हुन्छ । फुटबललाई संस्कृति नै बनाएका देशका खेलाडीमा भने विश्वकप खेल्नु मात्र नभई जित्नुसम्मको लक्ष्य हुन्छ ।

विश्वकपको उपाधि जित्न टिमका हरेक खेलाडी असीमित क्षमताले भरिपूर्ण हुनुपर्छ । यस्तै असीमित क्षमताले भरिपूर्ण थिए, जर्मन फुटबल ‘लेजेन्ड’ फ्रान्ज बेकेनबाउर ।

खेलाडीका रूपमा विश्वकप उपाधि जित्नु निकै ठूलो उपलब्धि मानिन्छ । त्यही खेलाडी खेलजीवनपछि प्रशिक्षकका रूपमा पनि विश्व च्याम्पियन बनेको उदाहरण अत्यन्तै कम छ । तिनैमध्येमा पर्छन्, बेकेनबाउर ।

Prabhu Bank
Agni Group
NIC Asia

iqfmkgm-1704793167.jpg
आइतबार ७८ वर्षको उमेरमा बेकेनबाउरको निधन भयो । पछिल्लो समय अस्ट्रियामा गुमनाम जीवन बिताएका उनले साल्जबर्गमा अन्तिम सास फेरे । खेलाडी र प्रशिक्षक दुवैका रूपमा विश्वकपको उपाधि चुमेका उनी विश्व फुटबलकै महान् खेलाडीमा पर्छन् ।

बेकेनबाउरले जर्मनीलाई दोस्रो विश्वयुद्धपछि विश्व खेलकुदमा सफल राष्ट्र र आधुनिक फुटबल भित्र्याउन महत्त्वपूर्ण भूमिका खेले । उनी ‘डेर काइसेर’ उपनामले परिचित थिए । मैदानमा खेल्ने शैली र नेतृत्व क्षमताका कारण उनले यो उपनाम पाएका थिए । उनी जर्मन फुटबलका ‘पर्याय’ हुन् ।

Global Ime bank

‘डेर काइसेर’ सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको जोडी बाबी मुरे र सर बबी कार्लटोका दौँतरी र प्रतिस्पर्धी थिए । पेलेका मित्र बेकेनबाउर १९६० देखि ७० सम्म विश्व फुटबलमा चर्चित योहान क्रुपसँगै त्यो समयको ‘स्वर्णिम पुस्ता’मा थिए ।

१९७४ मा घरेलु मैदानमा पश्चिम जर्मनीले विश्वकपको उपाधि जित्दा बेकेनबाउर कप्तान थिए । त्यति बेला आयोजक पश्चिम जर्मनीले फाइनलमा अर्को युरोपेली प्रतिद्वन्द्व नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

बेकेनबाउरले सन् १९९० मा प्रशिक्षकका रूपमा सोही सफलता दोहोर्‍याए । रोमस्थित स्टाडियो ओलम्पिकोमा डियागो म्याराडोनाप्रेरित तत्कालीन साविक विजेता अर्जेन्टिनालाई हराउँदै पश्चिम जर्मनी पुनः विश्व च्याम्पियन बन्यो ।

fskgmgm-1704793273.jpg
फुटबलमा हालसम्म तीनजनाले मात्र खेलाडी र प्रशिक्षकका रूपमा विश्वकपको उपाधि चुम्न सफल छन् । यो उपलब्धि हासिल गर्ने बेकेनबाउरसँगै फ्रान्सका डिडियर डेसच्याम्पस र गएको हप्ता मात्र निधन भएका ब्राजिलका मारिया जगालो हुन् ।

बेकेनबाउरले जर्मनबाट कुल १०३ ‘क्याप’ जिते । १९७४ को विश्वकप र त्यसको दुई वर्षअघि युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा जर्मन टोली बेकेनबाउरकै कप्तानीमा थियो ।

क्लबस्तरमा जर्मन बुन्डेसलिगाकै बायर्न म्युनिखमा बेकेनबाउरको अधिकांश करियर बित्यो । उनले १९७४ देखि १९७६ सम्म लगातार तीनपटक बायर्नलाई युरोपियन कपको विजेता बनाए । फिफा क्लब विश्वकपसँगै उनले घरेलु फुटबलमा चारपटक बुन्डेसलिगा र चार अरू प्रतियोगिताको उपाधि जिते ।

बेकेनबाउर चारपटक जर्मनीको वर्ष फुटबलर चुनिए । उनले दुईपटक फुटबलको प्रतिष्ठित अवार्ड बालन डी‘अर जिते ।

बेकेनबाउरले एक खेलाडीका रूपमा आधुनिक ‘लिबेरो’ मुभिकाको ‘आविष्कार’ र विस्तार गरे । दबाबमा पनि शान्त र शक्तिशाली रक्षात्मक भूमिकामा खरो उत्रने बेकेनबाउर खेल बुझ्न माहिर थिए ।

ewfg-1704793353.jpg
उनी विवादरहित भने बन्न सकेनन् । सन् २००६ को विश्वकप जर्मनीले आयोजना गर्दा उनी त्यसको प्रमुखको भूमिकामा थिए । उक्त प्रतियोगिताका निम्ति सम्भावित स्लस कोष (भैपरी आउने घटनाका लागि छुट्ट्याइएको रकम) र सन् २००५ मा विश्व फुटबलको प्रशासकीय निकाय फिफालाई ६.७ मिलियन युरो भुक्तानीको अनुसन्धानमा परेपछि उनको प्रतिष्ठा धमिलो बन्यो ।

f1-1704793606.jpg
१९४५ सेप्टेम्बर ११ मा जर्मनीको म्युनिखमा जन्मिएका बेकेनबाउर पछिल्लो समय विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । खेलाडी र प्रशिक्षकको व्यावसायिक करियरपछि आफूमाथि लागेका सबै आरोपलाई नकार्दै उनले जनमानसबाट टाढा थिए । हुलाक अधिकारीका छोरा बेकेनबाउरले एक समय बिमा विक्रेताको प्रशिक्षण समेत लिएका थिए ।

ifmdg-1704793529.jpg
उनी सन् १९५९ मा बायर्न म्युनिखमा आबद्ध भएका थिए । त्यसपछि बेकेनबाउरको करियर निरन्तर उकालो लाग्यो ।

क्लबमा अनुबन्ध भएको केही समयमै उनले पहिलो टिममा स्थान बनाए । बेकेनबाउरको करियरमै बायर्न पश्चिम जर्मनीको क्षेत्रीय लिग खेल्ने सामान्य टिमबाट जर्मनीको सबैभन्दा शक्तिशाली फुटबल ब्रान्डका रूपमा स्थापित भयो ।

आफ्नो २०औँ जन्मदिन मनाएको केही समयपछि नै बेकेनबाउरले विश्वकप छनोटअन्तर्गत स्वीडेनविरुद्धको खेलसँगै पश्चिम जर्मनीबाट अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरे । त्यसपछि उनी एक दशकभन्दा लामो समयसम्म राष्ट्रिय टिमको नियमित सदस्य रहे ।

qidf-1704793467.jpg
तीन विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका बेकेनबाउर सन् १९७७ मा मिलियन डलरमाथिको सम्झौतासहित एट्लान्टिकबाट न्युयोर्क कोस्मोसमा अनुबन्ध भए ।

उनी १९८४ देखि ९० सम्म पश्चिम जर्मनीको मुख्य प्रशिक्षक रहे । प्रशिक्षकमा नियुक्त भएको दुई वर्षमा नै उनले आफ्नो राष्ट्रलाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

qmg-1704793672.jpg
१९८६ को विश्वकपमा म्याराडोनाप्रेरित अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि पश्चिम जर्मनी उपविजेतामा खुम्चिएको थियो । त्यसको चार वर्षपछि बेकेनबाउरको प्रशिक्षणमै अर्जेन्टिनालाई नै फाइनलमा हराउँदै पश्चिम जर्मनीले विश्वकपको उपाधि चुम्यो । यही सफलतापछि खेलाडीका रूपमा विश्वकप जितेका बेकेनबाउरले प्रशिक्षण करियरलाई पनि ‘महान्’को सूचीमा चढाउन सफल भए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement