site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैवर्ष १७ सय ९५ नेपाली पुगे रुस, ९५ जना युक्रेन 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो । 

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली रुस गएको पाइएको हो । 

पछिल्लो समय विभिन्न वहानामा रुस पुगी त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ । केही महिनायता रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् । 

यस्तै, चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ । 

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारले प्राप्त गर्न नसकिरहेका बेला विभागले ठूलो संख्यामा नेपाली रुस पुगेको विवरण सार्वजनिक गरेको हो । 

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि नेपालले रुससँग भर्ती भएका नेपालीको विवरण माग्दै आएको छ । यतिमात्र होइन नेपालले थप नेपालीलाई भर्ती नलिन र भर्ती भएकालाई फिर्ता बोलाउन समेत रुससँग आग्रह गरेको छ । 

रुसले पनि नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उल्टै गतसाता रुसी राष्ट्रपतिले नेपालीलगायत विदेशीलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका छन् । नयाँ आदेशमा रुसी सेनामा एक वर्षको लागि भर्ती हुन सम्झौता गर्ने विदेशी नागरिक र उसको परिवारलाई रुसी नागरिकता दिने व्यवस्था छ । 

विभागले सार्वजनिक गरेको विवरणअनुसार वर्ष २०२३ मा मात्र ९५ जना नेपाली युक्रेन गएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro