site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विवादित निर्वाचनबाट हसिना विजयी, विपक्षी नेता जेलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पाँचौँ कार्यकालका निम्ति चुनाव जितेकी छन् । बंगलादेशमा आइतबार आमनिर्वाचन भएको थियो । सोमबार बिहान निर्वाचन आयोगले हसिनाको सत्तारूढ दल अवामी लिग पार्टी विजयी भएको जनाएको छ ।

हसिना सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी थिइन् । उनी २००९ मा दोस्रोपटक प्रधानमन्त्री बनिन् । त्यसयता उनी निरन्तर सत्तामा छिन् ।

बंगलादेशमा करिब १२ करोड मतदाता छन् । आमनिर्वाचनमा लगभग ४० प्रतिशतले मात्र मतदान गरेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले सो चुनाव बहिष्कार गरेको थियो । हसिनाले विपक्षी पार्टीलाई ‘आतंकवादी संगठन’ भनेकी छन् ।

बीएनपीका सहसचिव रुहुल कबीर रिजवीले अवामी लिग प्रतिपक्षविहीन भएर एकतर्फी चुनावमा गएको बताएका छन् ।

Global Ime bank

बंगलादेशको विपक्षी पार्टीका कैयौँ नेताहरू जेलमा छन् । हसिनाको सरकारले मानवअधिकार हनन र विपक्षी दलमाथि आक्रमण गरेको आरोप छ ।

प्रतिद्वन्द्वीबिना नै चुनाव गरेको हसिनाको सत्तारूढ पार्टीले एकदलीय व्यवस्था भन्नबाट जोगिन केही निर्वाचन क्षेत्रमा उमेदवार नउठाएको बताइएको छ ।

७६ वर्षीया हसिनाले भने यो निर्वाचनलाई ‘लोकतान्त्रिक प्रक्रिया’ भनेकी छन् ।

कुल ३०० मध्ये उनको पार्टीले २२० सिट जितेको छ । अरू दलसँगको साझेदारीमा उनको सरकार अझै बलियो बन्ने आकलन गरिएको छ ।दी गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय