site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आर्सनललाई हराउँदै लिभरपुल चौथो चरणमा 

काठमाडौं । आर्सनललाई उसैको मैदानमा २–० ले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति इमिरेट्स रंगशालामा पाहुना टिमलाई जित दिलाउन लुइस डियाजले एक गोल गरे । लिभरपुलले अर्को एक गोल घरेलु टिमबाट आत्मघाती उपहार पाएको थियो ।

Dabur Nepal
NIC Asia

खेलको अन्तिम १० मिनेट बाँकी रहँदा आर्सनलले गोल व्यहोरेपछि पराजित भएको हो । ८०औँ मिनेटमा आर्सनलका जाकुब किविओरबाट आत्मघाती गोल भएपछि लिभरपुलले १–० को अग्रता बनाएको थियो ।

इन्ज्युरी समयमा डियाजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । यसपछि थप गोल भएन, लिभरपुल २–० को जितसहित चौथो चरणमा प्रवेश गर्‍यो ।

आर्सनलले पहिलो हाफमा दबाब कायम गरे पनि पाहुना टिमविरुद्ध अग्रता बनाउन सकेन । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार बारमा लागेर फर्कंदा काइ हाभार्ट्ज र रेइस नेल्सनले पनि प्राप्त मौकाको सदुपयोग गर्न सकेनन् ।

लिभरपुलले नियमित कप्तान भर्जिल भान डाइक र फरवार्ड मोहम्मद सालाहबिना नै जित निकालेको हो । भान डाइक अस्वस्थ र सालाह अफ्रिका कप अफ नेसन्सका निम्ति इजिप्टमा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro