site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीमा उमेदवार छान्ने जिम्मा तीन नेतालाई
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति उमेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत नेतालाई दिइएको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट सो निर्णय गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभा निर्वाचनका निम्ति पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेश र क्लस्टरमा पाउने भन्ने तय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको उनले बताए । पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाइएको उनले जानकारी दिए ।

“राष्ट्रियसभाको निर्वाचनका लागि हामीले हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकारसहित पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई अधिकार दिई सचिवालयले उहाँहरूलाई गठबन्धनको बैठकमा पठाएको छ,” उनले भने ।

Global Ime bank

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने बारेमा पनि बैठकमा छलफल भएको उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement