काठमाडौं । विभिन्न माग राख्दै काठमाडौंको माइतीघरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने डा. गोविन्द केसीलगायत केही व्यक्तिलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, देशको स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समान पहुँच हुनुपर्नेलगायत माग राख्दै माइतीघरमा प्रदर्शन गर्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनमा सहभागीले ‘निःशुल्क औषधि उपचार सेवाको व्यवस्था गर’, ‘माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण प्रहरीले नियन्त्रणमा लिन खोज्दा डा. केसीले पक्राउ पुर्जी देखाउन माग गरेका थिए । हिमालयन टेली भ्वाइस