site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सर्वोच्च अदालत ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत

काठमाडौं । अमेरिकी सर्वोच्च अदालत ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत भएको छ । शुक्रबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडोको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गर्ने निर्णयमाथि समीक्षा गर्न अदालत सहमत भएको हो ।

अमेरिकी सर्वोच्च अदालतको घोषणा दुई दिनपछि आएको थियो । जब ट्रम्पले अदालतलाई कोलोराडो सर्वोच्च अदालतले हालैको एक आदेशलाई अमान्य गर्न आग्रह गरेका थिए । जसले ट्रम्पलाई राज्यको २०२४ मा हुने राष्ट्रपतिको प्राथमिक मतपत्रबाट हटाएको थियो । 

यो मुद्दामा फेब्रुअरी ८ मा बहस हुनेछ । दुई हप्ताअघि कोलोराडो सर्वोच्च अदालतको निर्णयले ट्रम्पलाई विद्रोह गरेको आरोपमा २०२४ को राष्ट्रपतिको चुनावको उमेदवार बन्न अयोग्य ठहर गर्नुपर्नेमा सहमति जनाएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro