site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल–भारतबीच भएका सम्झौताबारे पार्टीसँग छलफल नगरेकोमा एमालेको आपत्ति

काठमाडौं । नेकपा (एमाले)ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाएको छ । 

आजको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले भेटमा भएको सम्झौता जानकारी गराउनुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

“के–के विषयहरूमा सम्झौता भए भन्ने कुरा सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्ने हो तर, नगरेकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नमा सत्तापक्षले चाहिँ प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै कामहरू गर्नुपर्नेमा त्यो मामिलामा हामीसँग कुनै परामर्श नगरिएको र के के विषयमा सहमति, सम्झौता भए भन्ने कुरा पनि स्पष्ट नपारेको सन्दर्भमा हामीले सरकारका तर्फबाट भएका कमजोरीको आलोचना गर्दै के के विषयहरूमा सहमति, सम्झौता भएका छन् । ती विषयहरूलाई स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौँ,” उनले भने । 

उनले नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम गर्न नहुने बताए । भारतीय विदेशमन्त्री नेपाल भ्रमण गरेर आजै फर्किएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro