site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलमा ‘करमुक्त पसल’ सञ्चालनका लागि दरखास्त दिने समय थपियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘करमुक्त पसल’ सञ्चालनका लागि दरखास्त दिने समय थप गरिएको छ ।

विमानस्थलले बिहीबार पुनः सूचना निकाल्दै दरखास्त दिन ३० दिन समय थपिएको जनाएको छ । विमानस्थलका अनुसार अब माघ १९ गते मध्याह्न १२ बजेसम्म दरखास्त दिन सकिने छ ।

विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तलामा २६.११ वर्गमिटर र आगमनतर्फ अध्यागमन कार्यालय नजिकै ७५.८ वर्गमिटर गरी १०१.९१ वर्गमिटरर क्षेत्रफलमा ‘करमुक्त पसल’ सञ्चालनका लागि दरखास्त आह्वान गरेको छ ।

‘करमुक्त पसल’ सञ्चालनका लागि विमानस्थलले गत मंसिर ४ गते ३० दिने सूचना निकालेको थियो । त्यसपछि पुनः पुस ४ मा १५ दिनका लागि समय थपिएको थियो ।

पाँच वर्षका लागि ‘करमुक्त पसल’ सञ्चालनको सम्झौता गर्न लागिएको छ ।

यो पनि पढ्नुहोस् 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro