site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन
Tiktok banner adTiktok banner ad

काठमाडौं । मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् । 

मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरी निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगायतका नारा लगाउँदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए ।

मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro