site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
केप टाउनमा दक्षिण अफ्रिकाविरुद्ध भारतको पहिलो टेस्ट जित 

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा पाहुना टिम भारतले सात विकेटको सहज जित निकालेको छ । दक्षिण अफ्रिकाको केप टाउनमा भारतले घरेलु टिमविरुद्ध टेस्ट क्रिकेटमा निकालेको यो पहिलो जित हो ।

दोस्रो टेस्टको दोस्रो दिन भारतले ७९ रनको लक्ष्य पाएको थियो । जसलाई पाहुना टिमले तीन विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै भारतले दक्षिण अफ्रिकासँगको दुई खेलको टेस्ट शृंखला १–१ को बराबरीमा अन्त्य गरेको छ । भारतले सन् २०१०–११ पछि पहिलो पटक दक्षिण अफ्रिकामा टेस्ट शृंखला बराबरीमा टुंग्याएको हो ।

दोस्रो दिनको दोस्रो इनिङमा भारतका ओपनर यशस्वी जयसवालले २८ रन बनाए । कप्तान रोहित शर्मा १६ रनमा अविजित रहँदा विराट कोहलीले १२ र सुभमन गिलले १० रन थपे ।

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाका कगिसो रबाडा, नान्द्रे बर्जर र मार्को जान्सेनले एक–एक विकेट लिए ।

केप टाउनस्थित न्युल्यान्ड्समा जारी टेस्टको दोस्रो दिन दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ६२–३ बाट ब्याटिङ सुरु गरेको थियो । तर, दोस्रो दिनको पहिलो सेसनमा दक्षिण अफ्रिकाले थप ११४ रन जोड्दा बाँकी सात विकेट गुमाएको हो । 

दोस्रो इनिङमा दक्षिण अफ्रिकाका ओपनर आइदेन मार्करमले १०६ रन बनाए । यसबाहेक, कप्तान डिन एल्गरले १२ रन थप्दा डेविड बेडिङ्घम र मार्को जान्सेनले समान ११ रन जोडे । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

घरेलु टिमलाई सस्तैमा रोक्न भारतका जसप्रित बुमराहले ६ विकेट लिएका थिए । मुकेश कुमारले दुई विकेट लिँदा मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान एक विकेट लिए ।

यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिका ५५ रनमै समेटिएको थियो । भारतले भने पहिलो इनिङमा १५३ रन बनाएको थियो । 

टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टिमले भारतविरुद्ध एक इनिङ र ३२ रनको सहज जित निकालेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro