site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संवेदनशील घडीमा ललितपुर प्रहरी प्रमुखविहीन, एसपीको बढुवा अन्योलमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुर एक सातादेखि नेतृत्वविहीन छ । गएको शनिबार ललितपुर प्रहरी प्रमुख एवं एसएसपी शिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा तानेको थियो ।

हाल ललितपुर प्रहरीको ‘कमान्ड’ एसपी नवराज कार्कीले गरेका छन् । ललितपुर जिल्ला संवेदनशील अवस्थाबाट गुज्रिएका बेला मन्त्रालयले प्रहरीलाई नेतृत्वविहीन बनाएको हो ।

गएको शुक्रबार ललितपुरको बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) शाखामा कोरिया भाषा परीक्षाको फाराम भर्न पुगेका युवाको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका थिए । युवाले सो गाडी नै कब्जामा लिएर तोडफोड र आगजनी गरेका थिए । सुरक्षाका निम्ति खटिएको ललितपुर प्रहरी टोलीले गोली चलाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । घटनापछि गृहले एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरेको हो । फिल्ड कमान्डर एवं ललितपुरमै कार्यरत डीएसपी उमेश लम्साल र मन्त्रीका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।

लम्सालको ठाउँमा प्रहरी प्रधान कार्यालयले अर्का डीएसपी सुधीर राईलाई पठाइसकेको छ  । गृहले एसएसपी भने अझै पठाएको छैन ।

Global Ime bank

प्रहरी उपरीक्षक (एसपी)भन्दा माथिका अधिकारीको सरुवा–बढुवाको अधिकार गृह मन्त्रालयसँग हुन्छ । ललितपुर प्रहरी प्रमुखका निम्ति प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालयले तीन एसएसपीको नाम गृहमा पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

प्रहरी उच्च अधिकारीका अनुसार, एसएसपी निदेश आचार्य, राजेन्द्र भट्ट र ओम रानाको नाम मन्त्रालयमा पठाइएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, तीनबाहेक उनीहरूभन्दा जुनियर एसएसपीले समेत ललितपुर जान राजनीतिक पहुँचका भरमा शक्तिकेन्द्रमार्फत दबाब दिन थालेपछि गृहमन्त्री नारायणयकाजी श्रेष्ठ सकसमा परेका छन् ।

एसएसपीहरू विश्व अधिकारी, शेखर खनाल, ओमप्रसाद अधिकारी पनि ललितपुर जान ‘लबिइङ’मा लागेका छन् । मुकुन्द मरासिनी, रेवती ढकाल, दीपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल समेत ललितपुर जान शक्तिकेन्द्रको दौडधुपमा लागेका हुन् ।

प्रहरी संगठनमा एसएसपी प्रमुख रहने कार्यालय कम हुँदा उनीहरू तीव्र दौडधुपमा लाग्ने गरेका छन् । एसएसपीको सरुवा मन्त्रालयबाट हुने भएकाले आफूलाई यसबारे कुनै जानकारी नहुने नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।

ललितपुर घटनाबारे सरकारले छुट्टै आयोग बनाएर अनुसन्धान थालेको छ । तर, संवेदनशील घडीमै ललितपुर प्रहरी नेतृत्वविहीन बनाइएको छ ।

एसपीको बढुवा अन्योलमा
प्रहरी प्रधान कार्यालयलाई प्रहरी उपरीक्षक (एसपी)को बढुवामा समेत सकस परेको छ । एसपीका सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन् ।

सोही कारण एसपीको पद रिक्त भएको लामो समयसम्म प्रहरी प्रधान कार्यालयले बढुवा सूची निकाल्न सकेको छैन । हाल बढुवाको प्रतिस्पर्धामा रहेका १२ डीएसपी एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अधिकारी हुन् ।

उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए । उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी चार चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको हो ।

त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो । प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौजनालाई बढुवा गर्ने तयारी गरेको छ ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement