site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेस्ट क्रिकेटको एकै इनिङमा भारतका ६ खेलाडी खाता नखोली आउट
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा भारतीय टिमले पछिल्लो एक दशकयताकै सबैभन्दा खराब ब्याटिङ कीर्तिमान बनाएको छ ।

दोस्रो टेस्टको पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको घरेलु टिम ५५ रनमै अलआउट भएको थियो । यसपछि ब्याटिङका लागि आएको भारतले टेस्ट क्रिकेटमा एक दशकयताकै सबैभन्दा खराब ब्याटिङ गर्‍यो ।  

Prabhu Bank
Agni Group
NIC Asia

पाहुना टिमका युवा ओपनर यसश्वी जयसवाल शून्यमा पभेलियन फर्किदा भारतको स्कोरबोर्डमा १७ रन थियो । भारतले १५३ रनसम्म पाँच विकेट गुमाएर मध्यम प्रदर्शन गरिरहेको थियो । तर, यसपछि ब्याटिङका निम्ति आएका भारतका कुनै पनि ब्याटरले रनको खाता खोल्न सकेनन् । 

भारतका ओपनर जयसवालबाहेक पाँच विकेट गएपछि ब्याटिङमा आएका श्रेयस ऐयर, रवीन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा शून्यमा पभेलियन फर्किए । भारतीय टेस्ट क्रिकेटको इतिहासमा दोस्रो पटक ६ खेलाडी शून्यमा आउट भएका हुन् । 

Global Ime bank

भारतले सन् १९३२ जुन २५ मा पहिलो पटक टेस्ट क्रिकेट खेलेको थियो । त्यसयता यसअघि सन् २०१४ मा इंग्ल्यान्डविरुद्धको टेस्टमा पहिलो पटक भारतका ६ खेलाडी एकै इनिङमा रनको खाता नखोली आउट भएका थिए । त्यसबेला इंग्ल्यान्डविरुद्धको पाँचमध्ये चौथो टेस्टको पहिलो इनिङमा भारतका ६ खेलाडी शून्यमा आउट भएका थिए ।

टेस्ट क्रिकेटको एकै इनिङमा ६ खेलाडी शून्यमा आउट हुनु नौलो भने होइन । यसअघि सन् १९८० मा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानका, १९९६ मा भारतविरुद्ध दक्षिण अफ्रिकाका, २००२ मा वेस्ट इन्डिजविरुद्ध बंगलादेशका, सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध भारतका, सन् २०१८ मा पाकिस्तानविरुद्ध न्युजिल्यान्डका, २०२२ मा श्रीलंकाविरुद्ध बंगलादेशका र २०२२ मै वेस्ट इन्डिजविरुद्ध बंगलादेशका ६ खेलाडी एकै इनिङमा शून्यमा आउट भएका थिए ।

भारत अहिले तीन खेलको ट्वान्टी–२०, तीन खेलको एकदिवसीय र दुई खेलको टेस्ट क्रिकेट शृंखलाका लागि हाल दक्षिण अफ्रिका भ्रमणमा छ । ट्वान्टी–२० शृंखला १–१ को बराबरीमा समाप्त भए पनि भारतले एकदिवसीय शृंखला भने २–१ ले जितेको थियो । जारी टेस्ट शृंखलामा भने भारत १–० ले पछि छ । शृंखला बराबरीका लागि भारतलाई दोस्रो टेस्ट जित्नैपर्ने दबाब छ ।

दोस्रो टेस्टको पहिलो इनिङमा दक्षिण अफ्रिका ५५ र त्यसपछि ब्याटिङमा आएको भारत १५३ रनमा समेटिएका थिए । हाल दोस्रो इनिङमा ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर ६२ रन बनाएको छ । दक्षिण अफ्रिका भारतभन्दा ३६ रनले पछि छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement