site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिले भारतलाई गरे साझा मुद्दामा सहकार्यको प्रस्ताव 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर जयशंकरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य आवश्यक रहेको बताए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय नेपाल र भारतको साझा मुद्दा  भएको भन्दै मिलेर काम गर्न आग्रह गरेका थिए ।

“कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गर्नुभएको छ,” पोखरेलले बाह्रखरीसित भने ।

विदेशमन्त्री जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको भन्दै सबै क्षेत्रमा आफूहरूको निरन्तर सहयोग रहने बताएका थिए ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहीबारै काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro