site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपाधिका लागि कोसीलाई ११५ रनको लक्ष्य, अप्सरीले लिइन् ह्याट्रिक

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोसी प्रदेशविरुद्ध ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो । 

एपीएफकी इन्दु बर्माले ५३ रन बनाइन् । उनले ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन् । ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफविरुद्ध कोसीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । चार ओभर बलिङ गरेकी अप्सरीले २१ रन खर्चिदै तीन विकेट लिएकी हुन् ।

अप्सरीले १९.१ ओभरमा इन्दु बर्मालाई, १९.२ ओभरमा नेरी थापालाई र १९.३ ओभरमा सोनु खड्कालाई आउट गरिन् ।

यसबाहेक, अलिसा खाडियाले दुई विकेट लिँदा कप्तान रुविना क्षेत्री र निशा साहले समान एक विकेट लिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro