site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्रले अघि बढायो अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया

काठमाडौं । परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अघि बढाएको छ । परराष्ट्रले मंगलबार सूचना प्रकाशित गर्दै प्रतिष्ठानको कार्यकारी प्रमुखका निम्ति आवेदन मागेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिको आवेदन मागेको हो । इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन अर्थात् आउँदो माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा आवेदन दिन सूचनामा अनुरोध गरिएको छ ।

आवेदन दिन चाहने व्यक्ति ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । यस्तै, आवेदन दिने व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने सूचना उल्लेख छ ।

कार्यकारी निर्देशकका निम्ति आवश्यक अरू योग्यता र अनुभवमा अन्तर्राष्ट्रिय कानुन, कूटनीति र आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको व्यक्तिले कार्यकारी निर्देशक पदमा आवेदन दिने सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro