site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
परराष्ट्र प्रवक्ताको जिम्मेवारी राईलाई 

काठमाडौं । परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव अमृतबहादुर राईलाई दिइएको छ । राईले मंगलबार (आज)देखि परराष्ट्र प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । राई परराष्ट्रका वरिष्ठ सहसचिव हुन् ।

प्रवक्तासँगै राईलाई मन्त्रालयको संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । प्रवक्ता हुनुअघि उनी परराष्ट्रको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख थिए ।

राईसँग दक्षिण अफ्रिकाका निम्ति नेपाली राजदूत र अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा स्थायी प्रतिनिधि तथा राजदूतको जिम्मेवारी सम्हालेको अनुभव छ ।

राई सन् ११९६ बाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनी तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय हुँदै सन् २००५ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro