site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुस्तक र विद्यालयको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउँदैन : राष्ट्रपति पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्र्थीलाई पूर्ण बनाउन नसक्ने बताएका छन् । यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको धारणा राखेका छन् । 

मंगलबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए । “अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्,” उनले भने । 

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको राष्ट्रपति पौडेलले बताए ।

Global Ime bank

उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे । खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement