site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस् : खनाल
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गरेका छन् । मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा छिटो वितरणको मागसहित सोमबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा ज्ञापनपत्र बुझाउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गएको उल्लेख गरे । सरकारले पानीको आपूर्ति विस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको उनले बताए ।

“पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, युद्धस्तरमा काम गर्नुपर्छ । केयूकेएलबाट सप्लाई भइरहेको पानीले हाम्रो आवश्यकता परिपूर्ति भइरहेको छैन,” उनले भने, “चाँडोभन्दा चाँडो मेलम्चीको पानी यसमा जोड्नुपर्ने हुन्छ । यो पुरानो सिस्टम थोत्रो भएको, नयाँ सिस्टम बनाइएको छ, जोडिएको छैन, जोडियोस् ।”

मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro