site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमलाई हराउँदै कोसी फाइनलमा, एपीएफसँग उपाधि भिडन्त

काठमाडौं । दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशविरुद्ध नौ विकेटको सहज जित निकाल्दै कोसी प्रदेश प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८९ रनको लक्ष्य कोसीले १३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

कोसीको जितमा काजल श्रेष्ठले अविजित ३८ रन बनाइन् । आक्रामक रूपमा प्रस्तुत भएकी कप्तान रुविना क्षेत्रीले २३ बलमा सात चौका र एक छक्कासहित ३७ रन थपिन् । अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।

सुदूरपश्चिमकी लक्ष्मी साउदले एक विकेट लिइन् ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रन बनाएको थियो । सुदूरपश्चिमकी सम्झना खड्काले २५ रन बनाइन् । विन्दु रावलले १७, कविता जोशीले १५ रन थपे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोसीकी संगीता राईले दुई विकेट लिइन् । सबनम राई, निशा साह र अलिसा खाडियाले समान एक विकेट लिए ।

अब कोसीले उपाधिका निम्ति एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो क्वालिफायरमा कोसीलाई ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मंगलबार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro