site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकुमारी घटना : गृहमन्त्रीले औँल्याए मन्त्री ज्वालासहित तीन कारण

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनाका मुख्य तीन कारण प्रस्तुत गरेका छन् । उनले तनावग्रस्त क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रवेशलाई मुख्य कारणका रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले पीएसओको वाकीटकीमा अवस्था तनावग्रस्त छ भन्ने जानकारी हुँदाहुँदै त्यहाँ मन्त्री ज्वालाको आगमन भएको बताए । गृहमन्त्री श्रेष्ठले भने, “मन्त्रीको गाडी जलाइयो भन्ने भएपछि प्रहरीले गोली चलाएको भन्ने जानकारी आएको छ ।”

घटनाको अर्को कारण ‘१८ जनालाई मात्र आवेदन गर्न दिनू’ भन्ने अदालतको आदेश भएको उनले बताए । उनले अदालतको आदेश परम्परावादी भएको टिप्पणी गरे ।

“अदालतको आदेशमा असाध्यै कन्जरभेटिभ इन्टप्रिटेसनले पनि २८ हजार जनालाई उद्धेलित बनायो,” गृहमन्त्री श्रेष्ठले भने, “पहिला किन परीक्षामा सहभागी हुन नपाउने भन्ने थियो । पछि १८ जनाले पाउँदा हामीले किन नपाउने भनेर युवाहरूलाई आक्रोशित बनायो । यसलाई अदालतले दिएको आदेश र ईपीएस कार्यालयको विवेकसम्मत निर्णय नहुँदा घटना घट्यो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro