site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीको जिज्ञासा– मन्त्री किन त्यो बाटोबाट आउनुभयो होला ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनकारीले मन्त्रीलाई घेरेको सूचनापछि प्रहरीले बालकुमारीमा गोली चलाएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले ‘फायरिङ’पछि मन्त्रीको गाडी जलाइएको उल्लेख गरे ।

“पुलिसलाई मन्त्री घेरेको भनेपछि गोली त्यही बेला प्रहार भयो, त्यो देखिन्छ,” उनले भने, “फायरिङको सन्देशसँगै उतापट्टि गाडी जलेको देखिन्छ ।”

गएको शुक्रबार ललितपुरको बालकुमारीमा तनावपछि प्रहरीले गोली चलाएको थियो । घटनामा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

“मन्त्रीको गाडी आएपछि रोकेर सवालजवाफ भएछ । अलेलि धकेलाधकेल भएछ,” संसदीय समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले भने, “आर्मीको बडिगार्डले पुनः मिटिङ भएको पार्टी प्यालेसमा लगेछ ।” 

त्यस दिन ‘मिटिङ’पश्चात् मन्त्री ज्वाला किन त्यो बाटोबाट गए भन्नेबारे उनले जिज्ञासा व्यक्त गरे ।

“मन्त्रीको मिटिङपश्चात् मन्त्री किन त्यो बाटोबाट आउनुभयो होला ? पीएसओले बाटोको जानकारी लिन्छ, तर आर्मीको सेक्युरिटी गार्ड र प्रहरीको पीएसओले सूचना किन नदिएको होला ?,” गृहमन्त्री श्रेष्ठले भने, “घटना अर्कोतिर मोड्न ‘क्याटालिस्ट’ गरेको देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro