site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो : सशस्त्र प्रहरी महानिरीक्षक

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले कुनै पनि घटनामा न्यूनतम बल प्रयोग गर्नु आफूहरूको सिद्धान्त भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले प्रहरी सकभर संयमित हुने गरेको स्पष्ट पारे ।

“न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो । कहिलेकाहीँ न्यूनतम क्षति र अधिकतम क्षति सिचुएसन (अवस्था)मा भर पर्छ,” बालकुमारी घटनाबारे उनले भने, “ईपीएस, युवा, अदालत अनि सुरक्षाको कुरा आउँछ । हामीले क्षतिको न्यूनीकरण गर्न खोजेकै छौँ ।”

घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनमा सबै विषय समेटिने उनको विश्वास छ ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा तनावपछि प्रहरीले गोली चलाएको थियो । घटनामा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro