site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग गरियो : प्रहरी महानिरीक्षक

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उल्लेख गरे ।

“उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ,” उनले भने, “बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो ।”

फिल्डमा खटिएका प्रहरीले ठिक गरे/नगरेको अनुसन्धानबाट स्पष्ट हुने उनले बताए ।

“उहाँहरू (प्रदर्शनकारी) १३ गते बिहान बिनालिडर उत्रनुभयो । साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग गर्‍यो । ११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो,” उनले भने, “त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन । त्यहाँ सामान्य विवाद मन्त्रीसँग भयो ।”

मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पुर्‍याएको महानिरीक्षक कुँवरले जानकारी दिए । “तीन हजार युवा कसैको कमान्डबिना आए,” उनले भने । 

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro