site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुख्यमन्त्रीलाई मुसहर महिलाको प्रश्न– हामीले जग्गा किन्दाको ब्याज मिनाहा भएको हो ?
Siddhartha BankSiddhartha Bank

विराटनगर । “हामीले जमिन खरिद गर्दा लिएको ऋणको ब्याज साँच्चै मिनाहा भएको हो ?,” दानीदेवी ऋषिदेव (मुसहर)ले प्रश्न गरिन् । दानीदेवीको जिज्ञासा पूरा हुन नपाउँदै उनकी छिमेकी रेखा ऋषिदेवले सोधिन्, “ब्याज मिनाहा गराउन सरकारले के गरेको छ ?”

दानीदेवी र रेखाजस्ता धेरै महिलाले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसमक्ष सरकारले घोषणा गरेको ब्याज मिनाहा कार्यक्रमबारे जिज्ञासा राखेका हुन् । उनले जवाफ दिन खोज्दै थिए, स्थानीय चोमनीदेवी ऋषिदेवले अर्को प्रश्न गरिन्, “अब यो काम कसरी अघि बढ्छ छ त, मुख्यमन्त्रीज्यू ?”

Agni Group
NIC Asia

मुख्यमन्त्री कार्की आइतबार विराटनगर महागनरपालिका–१२, सम्पन्न बस्तीमा पुगेका थिए । स्थानीयले आफ्नो समुदायले भोग्नुपरेको आर्थिक र सामाजिक समस्या पनि सुनाए ।

s2-1704028989.jpg
“हो तपाईंहरूले जमिन खरिद गर्दा लिएको सबै ऋणको ब्याज प्रदेश सरकारले मिनाहा गरिदिएको छ, त्यो ब्याजबापतको रकम सरकारले नै तिरिदिने हो, अब ढुक्क हुनुहोस्,” कार्कीले भने,“बजेटमा घर बनाउन जग्गा नहुनेले खरिद गर्दा ऋणको ब्याज मिनाहा गरिदिने व्यवस्था गरिदिएका छौँ ।” अब किस्ता बुझाउँदा ब्याज तिर्नु नपर्ने उनले स्थानीयलाई जानकारी गराएका थिए ।

Global Ime bank

जग्गा किन्दा लिएको ऋणको ब्याज सरकारले तिरिदिने सुनेपछि ऋषिदेव समुदायका महिला खुसी देखिए । चोमनीदेवीले भनिन्, “हाम्रो घर बनाउन पहिले पनि प्रदेश सरकारले सहयोग गरेको थियो । अब ब्याज तिर्नु नपरे हामी सजिलैसँग साँवा बुझाउन सक्छौँ ।”

विराटनगर–१२ मा प्रदेश सरकार, जीवन विकास समाज, विराटनगर महानगपालिका, ह्याविटेट नेपाललगायत संस्थाको सहयोगमा एकीकृत बस्ती निर्माणको काम थालिएको थियो । त्यहाँ बनाइने १४६ मध्ये धेरै घर निर्माण सम्पन्न भई उनीहरू बस्न थालिसकेका छन् ।

s3-1704029008.jpg
प्रतिपरिवार १० धुर जग्गा, भान्सा, ट्वाइलेट, बाथरुमसहित तीनकोठे घर बनाइएको उपभोक्ता समितिकी पूर्वसचिव श्रद्धा ऋषिदेवले बताइन् । “घडेरी किन्न जीवन विकास लघुवित्तले सहयोग गरेको थियो । हामीले दुई लाख ७० हजार रुपैयाँको किस्ता महिनावारी रूपमा बुझाउने गरेका थियौँ, त्यसमा ब्याज पनि जोडिने गरेको थियो,” उनले भनिन्, “अब ब्याज तिर्न नपर्दा धेरै राहत हुने भयो ।”

बस्ती निर्माणका क्रममा सरकारी र गैरसरकारी निकायले सहयोग गरेका थिए । जग्गा भने सो समुदायकै मानिसले मिलेर किनेका थिए । उनीहरूकै स्वामित्वमा रहने जग्गाको किस्ता बैंकलाई ब्याजसहित मासिक सात हजार रुपैयाँ नियमित बुझाउने गरेको श्रद्धाले सुनाइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu