site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय निजामती, शिक्षा र प्रहरी ऐन चाँडो पारित गर्न कांग्रेसले गरायो ध्यानाकर्षण 

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले संघीय निजामती ऐन, संघीय प्रहरी ऐन र शिक्षा ऐन चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यी विधेयक कार्यान्वयनमा नल्याइँदा संघीयता कमजोर बनेको बताए ।

“संघीयता निजामती ऐन, प्रहरी ऐन, शिक्षा ऐन पारित गरी कार्यान्वयनमा ल्याएर संघीयतालाई बलियो बनाउन माग गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ,” विश्वकर्माले भने, “यी विधेयकहरू कार्यान्वयनमा नल्याउँदा संघीयताको अभ्यास हुन सकेको छैन र नागरिकले पनि संघीयताको लाभ कसरी हुन्छ भन्ने अनुभव गर्न पाएका छैनन् ।” 

कांग्रेसको निर्णयमा भने प्रदेश सरकारले पटक–पटक ध्यानाकर्षण गराउँदा समेत संघबाट अधिकार प्रत्यायोजन हुन नसकेको उल्लेख छ ।

“संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण हुन सकेका छैनन् । संविधान कार्यान्वयन तथा प्रदेश सरकारका क्षेत्राधिकारसँग जोडिएका आवश्यक धेरै कानुनहरू अझै बन्न नसक्दा यसले तीनै तहका सरकार सञ्चालनमा असहज भएको छ भने नागरिकका मौलिक हकअधिकारहरू कार्यान्वयनमा समेत विलम्ब भइरहेका छन्,” कांग्रेसको सो बैठकको निर्णय नम्बर–६ मा संघीयता कार्यान्वयनको अवस्थाबारे भनिएको छ, “यस विषयमा प्रदेश सरकारका तर्फबाट पटक–पटक संघीय सरकारसमक्ष आफ्ना समस्याहरू प्रस्तुत गर्दै आएको कुरालाई मध्यनजर गर्दै संविधान कार्यान्वयनसँग जोडिएका र संविधानसम्मत संघीय निजामती ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐनजस्ता पारित हुने प्रक्रियामा रहेका कानुनहरू अविलम्ब पारित गराउन यो बैठक सरकारसँग माग गर्दछ ।” 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro