site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शुभकामना वक्तव्यमा ‘कोसी’ छुटेपछि...

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ‘तमु ल्होसार’को सन्दर्भमा दिएको शुभकामना सन्देशले पहिचानवादी खुसी भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आइतबार जारी शुभकामना सन्देशमा कोसी नाम छुट्न गएको थियो । 

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले दिएको तमु ल्होसारको शुभकामना वक्तव्यमा ‘कोसी’ नाम उल्लेख नभएको भन्दै आलोचना भएको छ । तर, पहिचानवादीहरूले भने कार्कीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा धन्यवाद दिएका छन् । 

वक्तव्यको वायाँतर्फ ‘मुख्यमन्त्री’ र दायातर्फ ‘विराटनगर नेपाल’ उल्लेख छ । एमाले निकट नेता तथा  कार्यकर्ताहरूले यसको व्यापक आलोचना गरिरहेका छन् । 

एमालेकी संघीय सांसद सुनिता बरालले आफ्नो फेसबुकमा “मुख्यमन्त्रीज्यू यो तुरुन्तै सच्याउनुस् र माफी माग्नुस् । नाम परिवर्तन गर्ने नियत भए, प्रक्रिया पढ्नुस अन्यथा पदका लागि यति निर्लज्जता शोभनिय हुँदैन” भन्दै स्टाटस लेखेकी छन् । पहिचान पक्षधरले कोसी नाम स्वीकार नगर्ने भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरू संम्बद्ध नेताले कोसी नामबिनाको वक्तव्यको स्वागत गरेका छन् । 

उता, पहिचानवादी नेता अर्जुन जम्नेली राईले “हो यस्तो कोसी शब्दबिनाको शुभकामना मात्रै स्वीकार्य हुन्छ । धन्यवाद मुख्यमन्त्री कार्यालयलाई । कोही कोसी नाम मात्र स्थापित गर्न चाहन्छन् भने ती विखण्डनकारी, नश्लवालीहरू हुन्” भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । गत वर्षको फागुन १७ गते प्रदेशसभाबाट कोसी नाम पारित भएको थियो ।  

यता, मुख्यमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार लीलावल्लव घिमिरेले प्राविधिक त्रुटि भएको भन्दै सच्याइएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सच्याएर वक्तव्य जारी गरिएको जनाएको छ ।

koshi-1-1704009715.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro