खेल
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले हरायो ।
ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै उपाधि उचालेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता धनगढीले २० लाख रुपैयाँ पायो ।
सो खेल हेर्न ठूलो संख्यामा दर्शक रंगशाला पुगेका थिए । कतिपय दर्शकले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए ।
धनगढी लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्यो । पहिलो संस्करणको फाइनलमा पनि काठमाडौं रेजर्ससँग हार हारेपछि धनगढीले उपविजेतामा चित्त बुझाएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० २२:५६
प्रतिक्रिया दिनुहोस्