राजनीति
काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाले शुक्रबार बालकुमारीमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो ।
शनिबार विज्ञप्तिमार्फत जसपाले मुलुकभित्र रोजगारी सिर्जना गर्न नसक्नु राज्यको कमजोरी भएको ठहर गरेको छ । रोजगारको माग गर्ने युवामाथि दमन र नागरिकको हत्या गर्ने सरकारको कदम दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।
पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन समेत जसपाले सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्