site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृतकका परिवारलाई १० लाख, उपसचिव पनि निलम्बित
मन्त्रिपरिषद् बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय बैठकबाट गरिएको छ । सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले बताइन् ।

tdfmdg-1703934507.png

मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउँदै सञ्चारमन्त्री रेखा शर्मा ।


घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको छ ।

आउँदा दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताइन् । घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकबाट आह्वान गरिएको उनले जानकारी दिइन् । घटनाको छानबिनका आधारमा सरकार अघि बढ्ने उनको भनाइ छ ।

गोली चलाउन आदेश दिने कर्मचारी, डीएसी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उनले बताइन् ।

अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई राम्रोसँग बुझाउन नसक्दा र भीड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिव (कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी)लाई पनि निलम्बन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

ईपीएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro