site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरका एसएसपी शाह प्रहरी हेडक्वार्टर तानिए
शुक्रबार बालकुमारीमा प्रदर्शनकारीले मन्त्रीको गाडी जलाएपछिको दृश्य ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । 

शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ निलम्बनमा परेका छन् । 

बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो ।

बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro