site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरका सीडीओ मन्त्रालयमा तानिए, डीएसपी र पीएसओ निलम्बित

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ । शुक्रबार बालकुमारीमा भएको घटनापछि उनलाई मन्त्रालयमा तानिएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीसपी) उमेश लम्साललाई निलम्बन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) एवं प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई पनि निलम्बन गरिएको भट्टराईले जानकारी दिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । मन्त्रीको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

सरकारले ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरेको छ ।

छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन उनीहरूलाई निलम्बन गरिएको गृहका प्रवक्ता भट्टराईद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

“...यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति पढ्नोस्–
bigyapti-1703939762.jpg
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro