site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोही पलेँटी कसे, कसैले बजेट पुस्तिका च्याते : टेबल ठोक्नेदेखि बहिष्कारसम्म (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बिहीबार (असार ५) पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठक बहिष्कार गर्ने बताएका थिए । कार्यसूची अघि बढाइएपछि उनीहरू बैठकबाट बाहिरिए ।

अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले भने वेल घेराउलाई निरन्तरता दिए । बैठक सुरु हुनेबित्तिकै उनीहरूले सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि त्यहीँ भुइँमा पलेँटी कसेर बसेका छन् । बैठक जारी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपा सांसदले भिजिट भिसा प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा विरोध गरिरहेका छन् । रास्वपा सांसद हरि ढकालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन (विरोध) जारी रहने बताए ।

कार्यसूचीमा प्रवेशसँगै बोल्ने क्रममा अर्को प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्याते । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।

उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए ।

“यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद,” उनले भने ।

थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन् ।

उनले बजेट पुस्तिका च्यातिरहँदा एकीकृत समाजवादीकै अरू सांसदले टेबल ठोकेका र ताली बजाएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भने संघीय निजामती सेवा विधेयक तत्काल संसद्मा ल्याउन माग गरे । उक्त विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको भन्दै आपत्ति जनाए ।

थप तस्बिर हेर्नोस्–

s1-(9)-1750321857.jpg

s1-(10)-1750321857.jpg

s1-(8)-1750321856.jpg

s1-(5)-1750321855.jpg

s1-(6)-1750321855.jpg

s1-(3)-1750321854.jpg

s1-(4)-1750321854.jpg

s1-(1)-1750321853.jpg

s1-(2)-1750321853.jpg

s1-(19)-1750321889.jpg

s1-(20)-1750321889.jpg

s1-(16)-1750321887.jpg

s1-(17)-1750321888.jpg

s1-(18)-1750321888.jpg

s1-(13)-1750321886.jpg

s1-(14)-1750321887.jpg

s1-(15)-1750321887.jpg

s1-(11)-1750321886.jpg

s1-(12)-1750321886.jpg

s1-(25)-1750321918.jpg

s1-(26)-1750321918.jpg

s1-(22)-1750321917.jpg

s1-(21)-1750321917.jpg

s1-(19)-1750321889.jpg

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्