site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अदालत गन्हाइरहेको, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद सुनार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन् । बिहीबार (असार ५) बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको उनले उल्लेख गरे । उनले यसलाई नियन्त्रण गर्ने सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...हाम्रो समाज यति धेरै अपराधीकरण भएको छ कि राम्रो बाटोमा जाला भनेको अधोगतितिर गइरहेको छ । यो के भएको हो ? जता हेर्‍यो अनियमितता, अपराधीकरण, भ्रष्टाचार र हत्याहिंसा यस्ता लुटतन्त्रले मौलाउने अवसर पाइरहेको छ,” उनले भने, “यसलाई सरकारले नियन्त्रणले गर्ला भन्यो, स्वयं सरकार नै बिरामी छ ।”

सांसद सुनारले सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको बताए । “उसले आफ्नै व्यथा हल गर्न सकेको छैन, जनताको व्यथा कसरी हल गरोस् ! यो विडम्बनाको कुरा हो,” उनले भने ।

अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको भन्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । मुलुकमा सुशासन भनिए पनि कुशासन भएको उनले जिकिर गरे ।

“अदालततिर हेर्‍यौँ, त्यो अदालत गन्हाइरहेको सारा जनमानसको भनाइ छ । सरकारतिर हेरौँ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ,” उनले भने, “हामी सधैँ सुशासन, सुशासन, सुशासन भएन भन्छौँ, भएको छ कुशासन ।”

सरकार र जनता एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्