site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, खुमलटार पठाउने हैसियत छ : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु र्‍याउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर उनले गरे । उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको बताए । आफूहरूले नचाहेको दिन प्रचण्ड प्रधानमन्त्री रहिरहन नसक्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नु भएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने,” उनले भने, “बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।”

उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । बालकुमारीमा शुक्रबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे ।

Global Ime bank

“अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छ पर्छ,” उनले भने, “कि धार्मिक, कि जातीय, कुनै न कुनै अतिवादमा पर्छ ।”

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए । यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने भन्दै उनले त्यसमा सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे ।

सरकारमा गएका मन्त्रीहरूले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement