site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बक्यौता उठाएरै छाड्ने अडानमा प्राधिकरण, गलाउने रणनीतिमा उद्योगी
आजको पत्रकार सम्मेलनमा कुलमान घिसिङ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका उद्योगी । (कोलाज)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूले आआफ्नै दाबी प्रस्तुत गर्दै डेडिकेटेड र ट्रंक लाइन विवादलाई झन चर्काएका छन् । प्राधिकरण आफूले काटेको बिल बराबरको महसुल लिएरै छाड्ने अडानमा छ । उता उद्योगीहरूले आफूहरूले प्रयोग गरेको ‘टाइम अफ डे’ (टीओडी) डाटा मागिरहेका छन् ।

प्राधिकरणले टीओडी डाटा नभए पनि अन्य किसिमबाट डाटा सुरक्षित राखिएको बताएको छ । टीओडी मिटरको डाटा एक वर्षभित्र डाउनलोड नगरिए हराउने प्राधिकरणको भनाइ छ । डाउनलोड भएको डाटाकै आधारमा प्राधिकरणले उद्योगलाई बिल पठाउने भएकाले त्यो डाटा उद्योगीसँग नै हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार प्राधिकरणको पत्रकार सम्मेलनमा जानकारी दिए ।

“टीओडी डाटा एक वर्षसम्मको डाउनलोड गर्नुपर्ने हुन्छ । त्यो डाउनलोड डाटा अनुसार हामीले बिल काट्ने हो । डाउनलोड गरेको डाटा उहाँहरूसँग नै हुन्छ । हामीसँग मात्रै हुँदैन,” उनले भने, “उहाँहरू आफैँले पनि खोज्न सक्नुहुन्छ । हामीसँग उपलब्ध भएको डाटा, कुनैमा चाहिँ कर्मचारीको अभावका कारणले एक वर्षसम्म पनि डाउनलोड भएन भने त्यो मेटिँदै पनि जान सक्छ । त्यसको ब्याकप हामी लक बुक हेर्छाैं । हरेक दिन कर्मचारीले साइन गरेको हुन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

टीओडी मिटरको डाटामा गएर उद्योगी र उनीहरूका कानुनी सल्लाहकार अड्किएका छन् । प्राधिकरणले टीओडी डाटा दिए आफूहरू त्यो अनुसार महसुल तिर्न तयार रहेको उद्योगीहरूको भनाइ छ । प्राधिकरणले आफूले गरेको निर्णय नै पालना नगरेको उद्योगीका कानुनी सल्लाहकार अधिवक्ता रमण कर्ण बताउँछन् ।

“उद्योगीको कुरा प्राधिकरणले सुनेन । हामीले अनेकौँ तरिकाले टीओडी डाटा माग गर्‍यौँ । तर, प्राधिकरणले हामीलाई त्यो डाटा दिन मानेको छैन । हाम्रो प्रश्न यही हो, प्राधिकरणकै सर्त त पालना गर्नुपर्‍यो नि,” उनले भने, “रकम केका आधारमा मागियो ? यसको तर्क के हो ? वास्तवमा उद्योगीले २१ अर्ब तिर्नुपर्ने हो भने त्यसको प्रमाण किन प्राधिकरणले दिँदैन । उद्योगी व्यापारीको मुख बन्द गर्न प्राधिकरणले किन टीओडी डाटा दिन सक्दैन । आमनागरिकमा प्राधिकरणले भ्रम फैलाउन मिल्छ ?”

Royal Enfield Island Ad

टीओडी डाटा उपलब्ध गराए उद्योगीहरू जुनसुकै बेला रकम तिर्न तयार भएको उनी बताउँछन् । प्राधिकरणले काटेको बिलमा चित्त नबुझे वैकल्पिक उपचारका लागि विद्युत् प्राधिकरणको पुनरवलोकन समितिमा जानुपर्ने व्यवस्था छ । यसरी पुनरवलोकन समितिमा जाँदा २५ प्रतिशत धरौटी राख्नुपर्ने हुन्छ ।

तर, व्यवसायीहरू प्राधिकरणको पुनरवलोकन समितिमा नगएर अन्य वैकल्पिक बाटो खोज्न लागेको घिसिङ बताउँछन् ।

“हामीले काटेको बिलमा चित्त नबुझेमा सतप्रतिशत डिपोजिट गरेर पुनरवलोकनमा आउनुपर्ने व्यवस्था थियो । अहिले हामीले २५ प्रतिशत मात्र डिपोजिट गरे पुग्ने व्यवस्था गरेका छौँ । पुनरवलोकनमा आएर समाधान खोज्नुपर्छ । यसलाई अनिर्णयको बन्दी बनाएर नराखौँ,” उनले भने, “यो सरकारको राजस्व हो । यसको समाधान खोजौँ । विद्युत् प्राधिकरणको कर्मचारीको टाउकोमा राखेर यो समस्याको समाधान हुँदैन ।”

प्राधिकरणले जसरी पनि बिल अनुसारको सम्पूर्ण महसुल लिएरै छाड्ने तयारी गरेर उद्योगको लाइन काटेको उनले बताए । यो मन्त्रिपरिषद्को विषय मात्र नभएर अदालत, संसदीय समिति तथा महालेखापरीक्षले पनि प्रश्न उठाएकाले आफूहरू कठोर भएर प्रस्तुत भएको घिसिङ बताउँछन् ।

“महालेखा परीक्षकको अडिट रिपोर्टमा पनि पटकपटक लेखिएको छ । सर्वाेच्च अदालतमा ४५ मुद्दा हाम्रो पक्षमा छ । ६ वटा मुद्दामा स्टे अर्डर आएको छ,” घिसिङले भने, “हामीले ६१ उद्योगबाट बक्यौता लिन बाँकी छ । ९ वटाको हामीले नाइन काटिसेका छौँ । अब अरूको पनि क्रमिक रूपमा काटिँदै जाने छ ।”

उद्योगी व्यवसायीहरू भने शीर्ष नेतालाई रिजाउन व्यस्त छन् । उनीहरूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यो समस्या सुल्झाउन आग्रह गरेका छन् । उनीहरू आफूहरूलाई प्राधिकरणले पेलेको बताउँछन् । 

कतिपय उद्योगी त अदालतमा नै पुगेका छन् । नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ३९ मा ‘नेपाल विद्युत् प्राधिकरण वादी–प्रतिवादी भएको मुद्दा जिल्ला अदालतमा चल्ने’ भनिएकाले यी उद्योगीका मुद्दा जिल्ला अदालतमा रहेको अधिवक्ता कर्ण बताउँछन् । त्यसैअनुरूप जिल्ला अदालतमा सबै मुद्दा विचाराधीन रहेको उनको भनाइ छ । मुद्दा विचाराधीन भएको अवस्थामा प्राधिकरणले विद्युत् लाइन काट्न नहुने उनको तर्क छ ।

“जिल्ला अदालतले पनि बोलेको के छ भने ऐन कानुनबाट निर्धारण भएका अदालतको अधिकार क्षेत्रभित्र रहेको विषय स्पष्टरहित द्विविधा रहनुपर्ने, नेपाल विद्युत् प्राधिकरण वादी–प्रतिवाद भएको मुद्दामा सुरु कारबाही र किनाराको अधिकार जिल्ला अदालतलाई हुनुपर्ने भनेर सर्वाेच्च अदालतले तोकेको छ,” उनले भने, “त्यसकारण अहिले मुद्दा जिल्ला अदालतमा रहेकै अवस्थामा प्राधिकरणले लाइन काटिदियो । यो तीन जना न्यायाधीशबाट भएको फैसला हो ।” 

शिवम् मिसेन्टको हकमा पनि डेडिकेटेड र ट्रंक लाइनको विवादमा सर्वाेच्च अदालतले उच्च अदालतबाट भएको फैसला सम्बन्धमा 'विद्युत् महसुल निर्धारण आयोगले तोकेकोभन्दा फरक दरमा विद्युत् महसुल मिल्छ वा मिल्दैन ? र, २०७२ फागुन १० गतेको सूचनापछि पनि डेडिकेटेड लाइनको महसुल लिन मिल्छ वा मिल्दैन भन्ने प्रश्न रहेको' फैसला भएको कर्णले बताए ।

यो सर्वाेच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजालसबाट विवादलाई निरूपण गरिदिएको कर्ण बताउँछन् । यो आदेश २०८० साउन २६ गते भएको उनले बताए । 

प्राधिकरणले २०७२ फागुन ११ गते डेडिकेटेडको सप्लाई आजदेखि बन्द भयो भनेको र त्यो सूचनापछि सबै उद्योग लोडसेडिङमा बसेको उनको भनाइ छ । “२०७२ फागुन ११ गतेको निर्णयपछि पनि डेडिकेटेडकै मूल्यमा महसुल लिन मिल्छ ? यसको जवाफ प्राधिकरणले दिनुपर्‍यो,” कर्णले भने ।  

विद्युत् महसुल निर्धारण आयोगका निर्णयलाई पनि प्राधिकरणले पालना नगरेको कर्णको भनाइ छ । “हामीले भनेको के हो भने तपाईंले गरेका निर्णय मात्र तपाईंले मान्दिनुस् । यी सबै निर्णय प्राधिकरणको हो । १०३औँ बैठक र १०८औँ बैठक महसुल निर्धाण आयोगको विद्युत् ऐनको दफा १७ बमोजिम तपाईं त्यो महसुल मात्र लिनुहोस्, जुन हामीले खपत गरेका छौँ,” कर्णले भने, “महसुल आयोगले निर्धारण गरेको दर र सर्त कायम गरेर त्यो पुष्टि गरे हामी कानुन अनुसार महसुल तिर्न तयार छौँ ।” 

प्राधिकरणले लाइन काट्दा राज्यले पाउने २० अर्बभन्दा बढी राजस्व गुमेको उनले बताए । मजदुरको रोजगारमा समेत असर परेको उनको भनाइ छ । यसरी उद्योगको लाइन काटेर उद्योग बन्द गराउनु भनेको 'राष्ट्रप्रति धोका' भएको उनको तर्क छ ।

प्राधिकरणले हालसम्म ९ वटा उद्योगको लाइन काटेको छ । ६१ उद्योगबाट प्रिमियमबापतको २२ अर्ब २४ करोड ५७ लाख रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro