site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफ र वाग्मतीको जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शतप्रतिशत जित यात्रा कायम राखेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशविरुद्ध ५२ रनको फराकिलो जित निकालेको छ । एपीएफले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्यो ।

गण्डकीका सृष्टी जैसी र सुमन खतिवडाले समान १७ रन बनाए । ज्योनिका मरासिनीले १३ रन थपिन् ।

एपीएफकी नेरी थापाले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी नेरीले १८ रन खर्चिइन् । सोनु खड्काले दुई र करुणा भण्डारीले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको थियो ।

एपीएफकी मम्ता चौधरीले ४० रन बनाइन् । रोमा थापाले ३१, कप्तान सीता रानामगरले १९ र इन्दु वर्माले १० रन थपे ।

गण्डकीकी ज्योनिका मरासिनीले दुई र कुसुम गोडरले एक विकेट लिइन् ।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको गण्डकी तालिकाको सातौँ स्थानमा छ ।

आजै भएको अर्को खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशविरुद्ध १० विकेटको सहज जित निकालेको छ ।

जितसँगै ६ खेलबाट आठ अंक जोडेको वाग्मती तालिकाको चौथो स्थानमा छ । समान खेल खेल्दा पनि जितविहीन कर्णाली तालिकाको पुछारमा छ ।

आजका यी दुई खेलसँगै लिगको अन्तिम चरण अगावै सेमिफाइनल पुग्ने चार टिम निश्चित भएको छ । 

प्रतियोगितामा एपीएफ, कोसी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । यी चार टिम क्रमशः शीर्षदेखि चौथो स्थानमा छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro