site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हलमा छैनन् नेपाली चलचित्र, सिनेमा नै छैनन् कि रिलिज नभएका हुन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिनेमा हलमा यति बेला नेपाली चलचित्र छैनन् । अब तत्कालै रिलिज हुने सिनेमा पनि छैनन् । दसैँयता न्यून संख्यामा मात्र नेपाली सिनेमा रिलिज भएका छन् ।

‘भष्मे डन’, ‘परदेशी–२’, ‘कौसीद’, ‘बासेन्जी’, ‘दिमाग खराब’, ‘जम्प’ र ‘दुई कदम’ रिलिज भए । यीमध्ये ‘भष्मे डन’ र ‘परदेशी–२’ बाहेकका चलचित्रले बक्सअफिसमा आकर्षक कमाइ गर्न सकेनन् । ‘दिमाग खराब’ले औसत कलेक्सन गरेको थियो ।

अब पुस २७ गते दुई नेपाली चलचित्र रिलिज हुनेछन्, ‘चित्रा’ र ‘पर्खि बसें’ । जाडो महिनालाई नेपाली चलचित्र बजारमा ‘अफ सिजन’ मान्ने चलचित्रकर्मी पनि छन् । भलै, सिनेमाको बजार र व्यापार निर्धारण सिजन होइन कन्टेनले गर्छ भन्ने चलचित्रकर्मी पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हलमा सिनेमा नभइरहेका बेला फ्लोरमा भने सिनेमाको भीड छ । अहिले कोही दर्शकले म नेपाली सिनेमा नै हेर्छु भनेर हल जान खोजे चलचित्र छैनन् । मेकरले खाली समय छोडे पनि सिनेमा भिडाउन छोडेका छैनन् । पुस २७ नै यसको उदाहरण हो । ‘चित्रा’ र ‘पर्खि बसें’ नै यसका उदाहरण हुन् ।

यही समय फ्लोरमा भने मेकर र कलाकारलाई भ्याइ नभ्याइ छ । अनमोल केसीदेखि दयाहाङ राई र विपीन कार्कीसम्मका चलचित्र फ्लोरमा छन् । ‘फर्की फर्की’, ‘महाजात्रा’, ‘रंगेली’, ‘डिग्री माइला’, ‘दान्भी’, ‘यो मन त नेपाली हो’, ‘११ः५५’ लगायत चलचित्र फ्लोरमा छन् । यीमध्ये केही चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु गरिएको छ । ‘मायावी’लगायत चलचित्र सम्पादनको टेबुलमा पुगिसकेका छन् ।

Global Ime bank

केही चलचित्र छायांकनको तयारीमा छन् । ‘१२ गाउँ’, ‘दुखी आत्मा’, ‘भूठान’, ‘मनसरा’, ‘मेयर’, ‘वरिष्ठ बलराम’, ‘लोकल हिरो’, ‘बलिदान’, ‘कार्साङ’, ‘ज्वाइँ साब’, ‘पूजार सार्की’, ‘जेरी–२’ लगायत चलचित्र छायांकनको तयारीमा छन् । यीबाहेक घोषणा गरिएका तर छायांकनको मिति तय नभएका चलचित्र थुप्रै छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का सिनेमा रिलिज नहुनुको कारण चलचित्रको अभाव नरहेको बताउँछन् । निर्माण सकाइएका चलचित्रको संख्या ठूलो रहेको उनको भनाइ छ ।

“रिलिजका लागि सिनेमाको अभाव छैन । ठूलो संख्यामा सिनेमा रिलिज हुनै बाँकी छ,” नवल भन्छन्, “हाम्रोमा चिसोमा सिनेमा रिलिज नगरौँ भन्ने सोच पनि छ । चिसो हुन्छ, दिन छोटो हुन्छ त्यसैले मंसिर, पुस र माघमा सिनेमा सकेसम्म रिलिज नगरौँ भन्ने सोच साथीहरूमा छ ।”

यी महिनामा चाडपर्व खासै नहुने भएकाले पनि मेकर आफ्नो सिनेमा रिलिजका निम्ति हिचकिचाउने गरेको अध्यक्ष नवल बताउँछन् । पर्व बिदाको अवसर पारेर चलचित्र रिलिज गर्ने गरिएको उनी सुनाउँछन् । यी महिनामा पर्व नहुनु पनि सिनेमा रिलिज नहुनु वा कम हुनुको कारण रहेको उनी बताउँछन् ।

निर्माता संघका उपाध्यक्ष समेत रहेका निर्देशक दीपेन्द्र के खनाल फागुन लागेपछि हलमा नेपाली चलचित्रको भीड लाग्ने बताउँछन् । निर्माण सम्पन्न गरेर उपयुक्त डेट लिएर र लिन थुप्रै मेकर बसेको उनको भनाइ छ ।

“फिल्मको अभाव होइन, रोजेको डेट पछि रहेका कारण अहिले सिनेमा रिलिज नभएका हुन् । फागुन लागेपछि एउटै डेटमा तीन÷चारवटा नेपाली सिनेमा आउनेछन्,” निर्देशक समेत रहेका दीपेन्द्र भन्छन् । 

हिन्दी सिनेमाको क्यालेन्डरले नेपाली चलचित्रको रिलिज रोकिएको उनी बताउँछन् । बलिउडका स्टार कलाकार र निर्देशकका ठूला सिनेमा आउने भएपछि नेपाली मेकर रिलिजबाट पछि हटेको उनको बुझाइ छ ।

बलिउड सिनेमा ‘एनिमल’, ‘डंकी’, ‘सलार’का कारण नेपाली चलचित्र अहिले रिलिज नगरिएको उनी बताउँछन् ।

चिसो मौसमका कारण सिनेमा रिलिज हुँदैनन् भन्ने तर्कमा भने सहमत हुन नसकिने दीपेन्द्र बताउँछन् । बलिउड सिनेमा यही समयमा रिलिज भएर बक्सअफिसमा नयाँ–नयाँ रेकर्ड तोड्दै गएको उनी स्मरण गर्छन् ।

“सिनेमा नै राम्रो हुनुपर्छ । सिनेमा राम्रो भयो भने चिसो वा तातो मौसम भन्ने हुँदैन । अहिले सुविधासम्पन्न हल छन्,” उनले भने, “यही जाडोमा एनिमलको मध्यरातदेखि बिहानसम्मका सबै शोज हाउसफुल भए । त्यसैले चिसो मौसमभन्दा पनि सिनेमा नै राम्रो हुनुपर्छ । मौसमले असर गर्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement