site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
फाइल तस्बिर

काठमाडौं । पाँचवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुनेछ ।

सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्नेछ । बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भएका कामको अवस्था, खाद्यान्नलगायत आत्यावश्यकीय उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तिको अवस्थाका विषयमा छलफल हुनेछ । दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारणमा, जनशक्ति व्यवस्थापन, चालु आर्थिक वर्षको वार्षिक बजेट, कार्यक्रम र भावी कार्ययोजनामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने कार्यसूची छ । 

दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापनलगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुनेछ । 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro