राजनीति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।
बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षासँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० ०६:०८
प्रतिक्रिया दिनुहोस्