site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लेखा समितिमा सांसदहरूको आक्रोश– विषय उठाउनेमात्रै हो कि निष्कर्षमा पनि पुर्‍याउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका कामका हकमा सदस्यहरू नै असन्तुष्टि प्रकट गर्दै छन् । र, भन्दैछन्, ‘विषय उठान गर्ने निष्कर्षमा नपुर्‍याउने ।’

समितिमा उठान भएका विषयहरू निष्कर्षमा पुग्न नपाउँदै अर्को विषय प्रवेश गर्न थालेपछि सदस्यहरू असन्तुष्ट बनेका हुन् । समितिको बुधबारको बैठकमा सदस्यहरूले समितिमा एकपछि अर्को विषय छलफल हुनु राम्रो भए पनि विषयलाई टुंगोमा नपुर्‍याई अर्को विषय उठान हुनु उचित नभएको धारणा राखे ।

कांग्रेस सदस्य अर्जुननरसिंह केसीले हरेक विषयमा हात हाल्ने तर, समितिबाट निष्कर्षमा नपुर्‍याइने काम भइरहेको बताए । उनले भने, “केही पनि विषय निष्कर्षमा पुर्‍याउँदैनौँ । कुनै पनि विषय उठान गर्ने र लिङ्गरिङ नगरी निराकरणमा पुर्‍याउनुपर्ने सबैभन्दा ठूलो आवश्यकता हो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आर्थिक अनियमितताको पाटोमा हेर्ने अधिकार लेखा समितिलाई छ । समितिमा हाल एनसेल सेयर खरिद प्रकरण, टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियालगायत विषय विचाराधीन छन् । तर, यी विषयहरू टुंगो लगाउन नपाउँदै एकपछि अर्को विषयमा छलफल हुने गरेको सदस्यहरूको गुनासो छ ।

माओवादीका सदस्य अमनलाल मोदीले जनस्तरमा उठिरहेको विषयमा लेखा समितिमा निष्कर्षउन्मुख छलफल गर्नुपर्ने बताए । “समितिले जुन विषयमा छलफल सुरुवात गर्छ, त्यसलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल र काम गर्नुपर्छ,” मोदीले बैठकमा भने ।

Global Ime bank

बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले उद्देश्यहीन छलफल र बैठक बस्न उपयुक्त नहुने धारणा राखे । टेरामक्सको विषयमा किन बैठक बसेको भन्ने ‘क्लियर’ हुन नसकेको धारणा उनको थियो ।

“हामीले हरेक विषय गिजोल्ने हो कि टुंगोमा पुर्‍याउने हो ? हामीले एनसेल, वाइडबडी, ट्रंक लाइन पनि हेरेका छौँ । निष्कर्ष कुनैको पनि पुगेको छैन,” उनले भने, “यो जनतालाई कन्फ्युजन गर्ने काम नगरौँ ।”

लेखा समितिलाई पंगु बनाउने काम 

बैठकमा बोल्दै जसपा प्रमुख सचेतक प्रदीप यादवले लेखा समितिको अधिकार क्षेत्रमाथि हनन् भइरहेको भन्दै आक्रोश पोखे । एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा अन्य समितिले लेखाको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उनको आपत्ति थियो । विशेष गरेर अर्थ र राज्य व्यवस्थामाथि उनको प्रहार थियो ।

सांसद यादवले अन्य समितिले लेखा समितिलाई पंगु बनाउने खेल भइरहेको भन्दै आक्रोश पोखे ।

“लेखा समितिलाई अरूले पंगु बनाउने कोसिस गरिरहेको छ । हामी सभापति र सदस्यहरूसहित सभामुखको ध्यानाकर्षण गराउनुपर्छ,” उनले भने । 

उनले लेखा समितिमाथि अरूको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे । “कहिले सुशासनको नाममा त कहिले के नाममा कार्यक्षेत्र मिच्ने काम भइरहेको छ । यो हुन दिनुहुँदैन । लेखा समितिको आफ्नो सशक्त उपस्थिति हुनुपर्छ । कुनै विषय हामीले सुरु गर्ने अर्काेले हस्तक्षेप गर्ने कुरा स्वीकार्य छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय