site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२१ सय पार गरेको नेप्से दुई हजारको विन्दुमा, पाँच अर्ब २४ करोडको सेयर कारोबार

काठमाडौं । सेयर बजार खुलेको १० मिनेटमा नै २१ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार सेयर बजार १७.२३ अंक घटेर २०७० विन्दुमा बन्द भएको हो ।

आज पाँच अर्ब २४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । पाँचवटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको समूहगत सूचक घटेको छ । दुईवटा उपसमूहको समूहगत सूचक बढेको छ । आज म्युचुअल फन्डको ०.५३ र निर्जीवन बिमाको समूहगत सूचक १.१६ प्रतिशतले बढेको छ ।

आज चारवटा कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । नेपाल इन्स्सोरेन्स कम्पनी, इफिनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जिनियरिङ पावर कम्पनी, चिरखुवा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ ।

बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro