site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्यार्थीलाई सिपमूलक तालिम

काठमाडौं । माछापुच्छ्रे बैंकले सिरहाको कर्जनहास्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एंव सीपको विकास गर्ने उद्धेश्यले बैंकले ‘इन्जिनियर विथआउट ब्रोडर्स’ नामक संस्थासँगको सहकार्यमा व्यावसायिक सिपमूलक तालिम आयोजना गरेको हो । बैंकले एक सातासम्म स्कुल प्रांगणमा तालिम कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

एकसाताको उक्त कार्यक्रममा गोबर ग्यासबाट बायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यावसायिक तालिम प्रदान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro