site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाँच महिनामा १९ करोडको तास आयात, ११ करोड राजश्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १९ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पाँच महिना (साउन–मंसिर) मा १९ करोड ५१ लाख १५ हजार रुपैयाँको तास आयात भएको छ ।
 
नेपालमा चीन, हङकङ भारत र युकेबाट तास आयात हुन्छ । चीनबाट १७ करोड ६९ लाख १० हजार, भारतबाट एक करोड ८२ लाख दुई हजार र युकेबाट दुई हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।
 
नेपालले तास आयातबाट *११ करोड ७८ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

*सच्याइएको 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्