राजनीति
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई शपथ गराएका हुन् ।
केसीले सहरी विकास मन्त्रालय र थापाले उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
दुई मन्त्रीले शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १८:०१
प्रतिक्रिया दिनुहोस्