site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगर प्रहरीले सामान उठाइदिएपछि व्यवसायीले लेखनाथ महोत्सवको गेट नै बन्द गरिदिए

पोखरा । १९औँ लेखनाथ महोत्सवको मूल गेट फुटपाथ व्यवसायीहरूले बन्द गरिदिएका छन् ।

लेखनाथमा जारी महोत्सवको दोश्रो दिन महानगर प्रहरीले फुटपाथ व्यवसायीहरूले गेटबाहिर बेच्न राखेका फलफूल, लत्ताकपडा लगायतका सामान उठाइदिएको थियो ।

त्यसको विरुद्धमा नाराबाजी गर्दै उनीहरूले महोत्सवको मूल गेट नै बन्द गरिदिएका हुन् । आक्रोशित उनीहरूले आफूहरूले लगानी गरेर ल्याएको सामान बिक्री गर्न पाउनुपर्ने बताएका थिए ।

“कि जागिर लगाइदिनुपर्‍यो, गरिबले एउटा सुन्तला बेचेर पनि खान नपाउने ?” एक महिलाले भनिन् ।

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले महोत्सव सञ्चालन भएको स्थान बाहिरको बाटोमा व्यापारिक प्रयोजनका अन्य सामाग्री राखिएको हुँदा हटाइएको बताए । 

हिजो (शनिबार) आफूहरू नै गएर बाहिर व्यवसाय नगर्नुहोस, भित्र स्टलहरू छन, त्यहीँ राख्न भनिएको उनले बताए ।

“भित्र सामान राख्ने व्यवस्था गरिएको होला, स्टलमा व्यापार गर्नुहोस् भन्यौँ । तर, आजपनि हिजोकै कामलाई निरन्तरता दिनुभएको रहेछ, आज हटाउने काम भएको हो ।” उनले भने ।

फुटपाथ व्यवसायीहरूले लगाएको गेट खुलाउने विषयमा नेपाल प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro