site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन नल्याए सिंहदरबार घेर्छौँ : शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको उनले उल्लेख गरे । प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह उनले आग्रह गरे ।

उनले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गरे । त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए ।

प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

“...प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु– कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ,” उनले भने ।

महामन्त्री शर्माले रुस—युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पुर्‍याउनेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले युद्धमा मृत्यु भएका नेपालीको शव गनेर बसेर मात्र राज्यको कर्तव्य पूरा नहुने बताए । यो विषयलाई गम्भीरतापूर्वक लिन उनले सरकारलाई आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै उनले राजनीतिक भागबन्डा नभएर योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro